रौतहट २० कात्तिक ।
रौतहटमा एक सांसदबिरुद्ध महिलाहरु आन्दोलित भएका छन । रौतहट क्षेत्र नं. १ का जनता समाजवादी पार्टी सांसद अनिल कुमार झाले गत ११ गतेको एक कार्यक्रममा पदीय मर्यादा विपरित गलत अभिब्यक्ति प्र्रति मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले विहिबार गौर नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय रौतहट समक्ष ज्ञापन पत्र समेत बुझाइएको छ ।
पूर्वमन्त्री तथा सांसद अनिल कुमार झाले महिलाप्रति लक्षित गरि अशब्द भाषा प्रयोग गरेको अविलम्ब फिर्ता लिनुको साथै तत्काल आफ्नो पदबाट राजिनामाको समेत माग गरेका छन ।
झाले दिइएको अभिब्यक्ति तत्काल फिर्ता नलिएमा कडा संघर्षका कार्यक्रम गर्ने मेची महाककाली बुहारी संयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमल्सिनाले चेतावानी दिनु भयो । सांसद झाका बिरुद्धमा चर्को बिरोधका नाराासहित नगर परिक्रमा पश्चात विपि चोकमा कोण सभामा परिणत भएको थियो ।








