रौतहट ३० भदौ । रौतहट जिल्लाको दुर्गाभगवती गाउपालिकाको वडा नं ४ छतौनामा राहत बितरण भएको छ। हेसरा नेपाल र मुस्लिम हयुमनिटी हेल्पिंग हैन्डको सहयोगमा कोभिड १९ बाट प्रभावित तथा अति बिपन्नहरुलाइ केन्द्रीत गरी, सो राहत समाग्री बितरण गरेको हो। दुर्गाभगवती गाउपालिकाको अध्यक्ष अरुण साहको प्रमुख आतिथ्य तथा नेकपा युवा नेता रामानन्द यादव र पत्रकारहरुको रोहवरमा खद्धान राहत सामग्री वितरण भएको हेसरा नेपालको CEO जियाउदिन खान बताउनु भएको छ। कोरोना भाइरसको उच्च जोखिम रहेको बेला बिपन्न सय घर परिवारलाई २० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, एक किलो सोयाबिन, दुई लिटर खाने तेल, साबुन ४पिस र सर्जिकल मास्क बितरण गरेको मुस्लिम हुमयुनिटी हेल्पिंग हैन्डको रौतहट सेक्रेटरी मुक्ति आश महम्मदले बताउनु भएको छ।
Home मुख्य समाचार रौतहटकाे दुर्गाभगवती गापामा हेसरा नेपाल र हेल्पिंग हैन्डको द्रारा गरिब परिवार राहत...








