धनुषा, १९ जेष्ठ । जनकपुरबाट हतियारसहित एक युवक पक्राउ परेका छन्। खुल्ला रुपमा हतियार लिएर हिँडदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइन रहेको प्रहरीले जनाएको छ। उनलाई जकनपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
सादा पोसाकमा प्रदेश प्रहरी कार्यालयबाटै खटिएको टोलीले पैदल हिँडिरहेका राइनको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्दा उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








