कतारमा इरानले आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द हुँदा रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका हुन् ।
खाडीका उडान रद्द भएपछि रातिदेखि विमानस्थलमै अलपत्र यात्रु तस्वीरहरू
१० असार, काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् । सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् ।
उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here