राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको अवरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाकमा निलो रिबन लगाएर संसद् बैठकमा पुगेका थिए । रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए ।
संसद बहिष्कार गरेका सांसदहरुले संसद भवन परिसरमा बसेका थिए । ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो। तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं,’ रास्वपा सांसदहरुले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here