सभामुख देवराज घिमिरेले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इदको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
शनिबार बकर इदको अवसरमा शुभकामना दिदैँ उनले नेपालको संविधानले गणतन्त्र, संघीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानूनी राज्यको आधारमा सबै नेपाली नागरिकको अधिकार सुनिश्चित गरेको भन्दै यो संविधानले सबै धर्म, जात, संस्कृति र समुदायको सम्मान र संरक्षण सुनिश्चित गरेको बताए ।
राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी भएको भन्दै नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिने बताए ।








