श्री मध्य पुर्वी पृतना हेडक्वाटरमा सञ्चालित ५ दिने रक्षा संवाददता अभिमुखिकरण कार्यक्रम सोमबार बाट शुभ आरम्भ भएको छ । नेपाली सेना द्वारा भए गरीएको कार्यहरुलाई उजागर गरि आम जनतामा पुर्याउन तथा सञ्चारकर्मी र नेपाली सेना विचको सम्बन्ध थप मज्बुत बनाउन नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले आयोजना गरेको यस ५ दिने अभिमुखिकरण कार्यक्रमलाई वर्दिवास स्थित रहेको श्री मध्य पुर्वी पृतना हेडक्वाटरका पृतनापती कृष्णा बहादुर जि सि ले स्वागत मन्तव्य सहित शुभ आरम्भ गर्नु भएको थियो। कार्यक्रमको पहिलो दिन रक्षा मन्त्रालय तथा राष्ट्रिय सुरक्षा नीति बारे रक्षा मन्त्रालयका उपसचिव अनुप केसि जनकारी गराएका थिए । रक्षा संवाददताहरुलाई संवाददाता अभिमुखिकरण कार्यक्रमको महत्व तथा जनसम्पर्क र सुचना निर्देशनालयको भुमिका बारे जनकारी , नेपाली सेनाको संक्षिप्त परिचय तथा पृतनाको जिम्मेवारी क्षेत्र सम्बन्धी र जिम्मेवारी क्षेत्रमा भएका उल्लेखनीय कार्यहरु बारे प्रमुख सेनानी बाल कृष्णा कार्किले बताएका थिए । त्यस्तै सहभागी शिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बनजरा द्वारा पत्रकार अचार संहिता बारे प्रशिक्षण तथा सञ्चार क्षेत्रका अनुभव साटासाट गरिएको थियो । बिहान ८:१५ देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा नेपाली सेनाका क्याप्टेन सविन कार्किले सहजिकरण गर्नुभका थिए । यस अभिमुखिकरण कार्यक्रममा मधेस प्रदेशका ८ वटा जिल्ला सहित दोलखा , रामेछाप र सिन्धुलिका २७ जना पत्रकारहरु सहभागि रहेको छन ।








