एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ ।
मार्च १८ मा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो।
बुधबार, इजरायली सेनाले करिडोर विस्तार गरिरहेको र इजरायली सैन्य नियन्त्रणमा रहेको एन्क्लेभको लगभग एक तिहाइलाई ‘सुरक्षा क्षेत्र’मा परिणत गरेको थियो ।
जसले गर्दा करिडोरको छेउमा धेरै प्यालेस्टिनीहरू गधा, गाडा, साइकल र ट्रकहरूको सहायतामा आफ्ना सामानहरु बोकेर भागिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा यस क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो।
प्रमुख कृषि उत्पादन क्षेत्र, दक्षिणी गाजाको अवरोधले स्थानीय खाद्य आपूर्तिमा गम्भीर असर पार्ने र पट्टीमा पहिले नै गम्भीर मानवीय संकट थप गहिरिने देखिएको छ ।
दक्षिणी गाजाको ‘मोराग करिडोर’ क्षेत्रमा ठूलो संख्यामा कृषि सुविधाहरू र अन्न भण्डारहरू रहेका छन् । इजरायली सेनाले करिडोर स्थापना गरेपछि खाद्य सुरक्षामा संकट आएको छ ।जसले स्थानीय जनसंख्याको विस्थापनलाई अझ बढाउँदै लगेको छ । (सीसीटीभीप्लस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here