एजेन्सी । अमेरिकाको आपतकालीन खाद्य सहायतामा गरिएको कटौतीले अफगानिस्तान प्रभावित हुने देखिएको छ । भोकमरीको सामना गरिरहेको अफगानिस्थानमा विश्व खाद्य कार्यक्रम अन्तर्गतको राशन आधा कटौती गरिने अमेरिकी चेतावनीपछि गरिबहरु बढी मारमा पर्ने देखिन्छ ।
सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
उक्त कटौती लागू भएको खण्डमा ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’बराबर अनुमान गरिएको छ । विश्व खाद्य कार्यक्रमका कार्यवाहक कन्ट्री निर्देशक मुटिन्ता चिमुकाले अफगानिस्तान विश्वको दोस्रो ठूलो मानवीय संकटको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोग गरिरहन आग्रह गरिन् ।
डब्लुएफपीले आगामी महिनाहरूमा भोकमरी विरुद्ध लड्न २० लाख मानिसहरूलाई खाद्य सहायता प्रदान गर्ने योजना बनाएको छ । तर सीमित कोषको कारण पर्याप्त राशन उपलब्ध गराउन नसकिने बताइन् । (सीसीटीभीप्लस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here