पोखरा । लामो घम्साघम्सी र रस्साकस्सी पछि बिबाद समाधान भए पश्चात पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित बिरौटामा गण्डकी कोटिहोम महायज्ञको अन्तिम तयारीहरु भैरहेका छन् भने उक्त कोटिहोममा बिस्तारै भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ।
कोटीहोम २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
महायज्ञको पूर्वसन्ध्यामा अहिले बिरौटाको प्रगती टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ भने भारतको उडिसी क्षेत्रमा निकै लोेकप्रिय सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरु, राष्टिय भजनगायकहरुका प्रस्तुती,लिलामय कलाकारका झाकी प्रस्तुती,मानव सेवा फाउण्डेसनका कलाकारहरुका प्रस्तुती संगै मानव सेवा फाउण्डेसन नेपालद्धारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतीहरु पनि प्रस्तुत भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here