राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए ।
त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए ।
उनले भने,‘राजनीतिक प्रतिसोधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखि अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन् भन्ने कुरा मैंले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।’
आफूलाई चितवनबासीले दुई दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here