नेपाल टे«ड युनियन कांग्रेसले चैत्र १५ गते शुक्रवार पूर्वराजाका समर्थकहरु द्वारा भएको हिंसात्मक प्रदर्शन र अराजक गतिविधीले देशलाई आन्तरिक द्वन्द्वमा धकेल्ने प्रयास गरेको उल्लेख गरेको छ ।
शनिबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै पूर्वराजाका समर्थकहरुले अमानबिय, अराजक, हिसांत्मक तथा अमर्यादित घटनाले राष्ट्रको भलो नहुने भन्दै यस्तो अराजक गतिविधीको टे«ड युनियन काँगे्रसले घोर भत्र्सना गरेको छ । ‘मिति २०८१ चैत्र १५ गते शुक्रवार पूर्वराजाका समर्थकहरुद्वारा भएको हिंसात्मक प्रदर्शन, व्यक्तिको नीज सम्पत्ति, अस्पताल, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठानलगायत यातायातका साधनहरु माथि भएको तोडफोड र आगजनीका अमानबिय, अराजक, हिसांत्मक तथा अमर्यादित घटनाहरुप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ र यस प्रकारको अराजक गतिविधीले देशलाई आन्तरिक द्वन्द्धमा धकेल्नु बाहेक राष्ट्रको भलो कदापी गर्दैन र यस प्रकारको अराजक गतिविधीको टे«ड युनियन काँगे्रस घोर भत्र्सना समेत गर्दछ ।’ युनियनले यस प्रकारका अराजक तथा हिसांत्मक आन्दोलनहरुमा सुरक्षा निकायहरुले तदारुकताका साथ शान्ति र सुरक्षाको प्रत्याभूत गर्न सक्नुपर्ने भन्दै सरकारले सर्व साधारण जनताहरुका निजी तथा संस्थागत भौतिक सम्पतिको सुरक्षार्थ आवश्यक कदम चाल्नु पर्ने तवरबाट अगाडि बढन पनि सरकारसँग माग गरेका छन् ।
हिंसात्मक प्रदर्शनका कारण आफनो अमुल्य जीवन गुमाउने श्रमजिवी पत्रकार सुरेश रजक लगायतप्रति हार्दिक श्रद्धान्जली साथै परिवारजनमा समवेदना व्यक्त गर्दै उचित क्षतिपुर्तिको व्यवस्था गर्न साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा गम्भिरतापूर्वक ध्यान दिन सरकारसंग माग गरेका छन् ।
यस्तै, हिंसा भड्काउने र हिंसामा संलग्न हुने जोकोहीलाई कडा कानुनी कारवाहीको दायरामा ल्याउँदै राज्यमा संरक्षित रहेको अनुभुति दिलाउन समेत सरकारसंग माग समेत गरेका छन् ।
०००००००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here