सिरहा । होली पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक पोषणराज थपलियाको कमाण्डमा सिरहाको मुख्य स्थानहरूमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ ।
सिरहा, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया, नवराजपुर, बरियारपट्टी, बन्दीपुर, भगवानपुर, विष्णुपुर लगायतका २० स्थानहरूमा ५९ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
मादक पदार्थ सेवनगरी सवारी साधन नचलाउन ट्राफिक प्रहरीले विशेष निगरानी राख्ने भएको छ। यसका लागि मोबाइल ड्युटी, पीके ड्युटी तथा चेकजाँच ड्युटीहरू सञ्चालन गरिएका छन्। साथै, सिभिल ड्रेसमा समेत प्रहरी खटाइएका कारण ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले होली पर्व सभ्य र सुरक्षित तरिकाले मनाउन अनुरोध गरेको छ । मादक पदार्थ वा लागू औषध सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पालना गर्न तथा दुर्घटनाबाट जोगिन सबैलाई आग्रह गरिएको छ।
०००००००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here