दिपेश पौडेल
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले उम्मेदवारको मनोनयन दर्ता गरेका छन ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त समाजबादी बिधार्थी युनियन नेपालका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
स्ववियु निर्वाचन समितिका अनुसार संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फबाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरी र सदस्यमा शुसान्त चौधरीले मनोनयन दर्ता गरेका छन ।
नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी, सदस्यहरुमा बिकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, रितिक सिह, रेजिना कुमारी काफले र शुसिल कुमार पहरीले उम्मेदवारी दिएका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फ बाट अध्यक्षमा दामोदर उप्रेती सचिबमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी, सदस्यमा अबिना भुजेल, हिराकुमारी पहाडी, अजय प्रसाद कलवार, दिपेश चौधरी, देबिका ठाडामगर, मनिष चौधरी र अनिता कुमारी राईको उम्मेदवारी छ ।
अखिल क्रान्तिकारीबाट अध्यक्षमा अजय पटेल, सचिवमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी सदस्यहरुमा राजिब चौधरी, श्याम प्रकाश पटेल, लालमोहन सहनी, बिक्रम प्रसाद साह कलवार, श्रुती राउत, शर्मीला कुमारी चौधरी र सुनिल कुमार साहले मनोनयन दर्ता गरेका हुन । मनोनयन दर्तापछि आगामी २८ गते प्रत्यक्ष समानुपातिक तर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन र कार्यतालिका छ ।त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म तोकेको छ, त्यसपछि मौनअवधि सुरु हुने छ । मौन अवधि सुरु भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here