कास्की । कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ ।
आइतबार अस्थायी प्रहरी पोष्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कामय गर्ने कुरामा अन्य विभिन्न कार्यपनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको भन्दै त्यसको कदर गर्दै महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु गरिएको जानकारी दिए ।
उनले भने,‘अनुसन्धान विज्ञहरु हाम्रो महिला टोलीहरु हुनुहुन्छ । उत्सृष्ट कार्यक्रमहरु पनि प्रदर्शन गरिसक्नुभएको छ । र शान्ति सुरक्षा कामय गर्ने कुरामा पनि उहाँहरुको कार्य अत्यन्तै स¥हानीय छ । जिल्ला प्रहरी कार्यालय, कास्की अन्तर्गत करिब एक सय ३५ जना महिला कर्मचारीहरु कार्यरत हुनुहुन्छ । कास्कीको शान्ति सुरक्षा कामय गर्ने क्रममा उहाँहरुले उत्कृष्ट योगदान रहेको अवस्थामा महिला टिममात्र राखेर किन एउटा युनिट खडा नगर्ने भनेर यो कार्य सुभारम्भ गरेको छौं ।’
उनले प्रायजसो महिलाहरुको टिम जहाँ पनि र जतिपनि छन् सबै अनुशासित रहेको पनि बताए ।
त्यस्तै उनले सवारी दुर्घटनालाई नै हेर्दा पनि त्यसमा पुरुषभन्दा महिला अत्यन्तै कम भएको देखिएको त्यसमा पनि महिला नै बढि अनुशासित रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here