निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक पार्टीहरुबीच मौजुदा मिश्रित निर्वाचन प्रणालीको विकल्पमा बहस चलिरहँदा विज्ञहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली महँगो भएकाले पूर्ण समानुपातिकमा जानुपर्ने धारणा राखेका हुन् ।
उनले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौति बन्दै गएको बताए ।
उनले भने, ‘नेपालको जस्तै जनताले दुःख भोगेर आएको दक्षिण अफ्रिकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरेको छ । उनीहरुको केन्द्रदेखि प्रदेशसम्म एउटै निर्वाचन प्रणाली प्रयोग हुन्छ, त्यहाँ आजसम्म कुनै कमजोरी भएर निर्वाचन प्रणालीमा पुनरावलोकन गरौं भनेर भन्नुपरेको छैन । त्यहाँका सबै प्रदेशमा समेत समानुपातिक निर्वाचन प्रणाली नै प्रयोग भएको छ । यसका लागि हामीले पूर्वाग्रहबाट टाढा जानुपर्छ ।’
साथै उनले पूर्ण समानुपाति निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका लागि दलका नेताहरु पूर्वाग्रहबाट टाढा रहनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here