पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् ।
ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन् ।
उनीहरुको घरबाट दिउसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका वडा नं. ३ घर भई हाल ऐ. गल्कोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष २६ को रमेश भन्ने यम बहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपियाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ ।
ताराखोला गाउँपालिका वडा नं. ३ स्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त बस्नेतको साथबाट ७१ हजार पाँचसय २५ रुपियाँ र दुई थान मोबाईल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्त बस्नेताबिरुद्ध बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा पांच सिन्बको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले समुदायमा देखिएका शंकास्पद तथा नौलो व्यक्ती वा समुहका बारेमा नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने नं. १०० मा फोन गरी सुचना दिन अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here