बुटवल । भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारण सभाले अध्यक्षमा पुनः जगत पोखरेललाई नै निर्वाचित गरेको छ । त्यस्तै उर्जा कम्पनीको पाँचौँ र छैठौँ साधारण सभाले सञ्चालक समितिका सदस्यहरु मात्रै चयन गरेको छ । उर्जा कम्पनीको अध्यक्षपछि चयन गरिने भएको छ ।
दुवै कम्पनीका संस्थापक अध्यक्ष पोखरेलले दुवै कम्पनीका लगानीलाई पारदर्शी र अति मेहनेतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगती भएको विवरणहरु साधारण सभामा पेश गरे । निरन्तर लगाव, निरन्तर मेहनेत र निरन्तर समर्पणबाटै सकारात्मक परिणाम आएको उनको भनाई थियो ।
बुटलबाट सुरु भएको दुवै कम्पनीमध्ये भिजन लुम्बिनी लिमिटेडमा एक हजार र उर्जा कम्पनीमा १६ सयभन्दा बढी संस्थापक लगानीकर्ता देशभरीका रहेका छन् । भिजन लुम्बिनी कम्पनीले उर्जा, लघुवित्त, लघुविमा, यातायात, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ भने उर्जा कम्पनीले कास्कीमा सेतीनदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ ।
आयोजनाको काम सुरु गरेको झण्डै चार बर्षको अवधिमा २५ मेगावाटको जलविद्युत उत्पादन गरेर विद्युत प्राधिकरणलाई बेच्न सफल भएकोमा लगानीकर्ताहरुले साधारण सभामा अध्यक्ष पोखरेलसहित वोर्ड सदस्य र कर्मचारीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनीहरुले आगामी दिनमा पनि यस्तै उदाहरणीय र प्रशंसनीय आयोजनाहरु बनाउन नेतृत्वलाई प्रोत्साहन गर्दैै आफूहरु थप लगानी गरेर साथ दिन तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
साधारण सभामा अध्यक्ष पोखरेलले भिजन लुम्बिनी कम्पनीमार्फत चाडैँ शिक्षा, सूचना प्रविधि, ट्रमा सेन्टर निर्माण, एकिकृत कृषि, सौर्य उर्जा उत्पादन, विद्युत आयोजनाहरुको मर्मत, सर्वेक्षण, निर्माण, अध्ययन अनुसन्धान, लगायतका कामहरु गर्ने योजना रहेको पनि जानकारी दिएका थिए ।
उर्जा कम्पनीको साधारण सभाबाट संचालक समितिको सदस्यमा निवर्तमान अध्यक्ष जगत पोखरेल, सुदिपसिंह अधिकारी, बमबहादुर गुरुङ, राजेन्द्र अधिकारी र नेहा अग्रवाललाइ चयन गरिएको छ। नेहा अग्रवाल र राजेन्द्र अधिकारी सर्वसाधारण समुहबाट संचालक निर्वचित हुनुभएको हो भने बाकी संस्थापक समुहबाट निर्वाचित भएका हुन् ।
त्यसैगरी भिजन लुम्बिनी कम्पनीको संचालक सदस्यमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुँवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजिब गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मी सर्वसहमत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।
दुवै साधारण सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिबेदन पारित गर्ने लगायतका निर्णयहरु पनि गरेका छन् । कार्यक्रममा उत्कृष्ट योगदान गर्ने लगानीकर्ता, कर्मचारीसँगै पत्रकारद्धय जीवन भण्डारी र कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here