हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागमा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । यसको साथै, तराईका धेरै स्थानमा भने हुस्सु लागेको अवस्था छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here