पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले शनिबार पोखराको पुरानो बजार गणेशटोल क्षेत्रमा नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेलाको आयोजना गर्दैछ ।त्यस मेलाको आकर्षणको रुपमा नेवारी समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरी रहनेछ ।योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ ।‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’नेवाः खलः कास्कीका अध्यक्ष अधोक पालिखेले राम्रोसंग सुचारु हुनसक्ने अवस्था सिर्जना भएमा यःमरी लगायतका नेवारी खाना काहने रेस्टुराँ संचालन गर्न सकिने बताए।यसैबीच यःमरी मेलाकोपूर्व तयारीका रुपमा आज पोखरामा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here