संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् ।संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्  ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।

प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here