कोइका नेपाल र मध्यपूर थिमि नगरपालिकाको साक्षीमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रका प्राथमिक लक्ष्यहरु बिरामी रेफरल सेवाहरुमा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन् ।

नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशन र टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रेमकुमार राइले कोइकाका देशीय निर्देशक मुुहन कङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा एमओयूमा हस्ताक्षर गरे ।सम्झौताले टीकापुर अस्पतालका बिरामीहरुलाई नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा विशेष चिकित्सा सेवाहरु अझ प्रभावकारी रुपमा पहँुच गर्न सक्षम बनाउँदै संगठित बिरामी रेफरल प्रणाली स्थापना गरेको छ ।यस प्रयासले उनीहरुको स्थानिय सुविधाहरुमा उपलब्ध नभएको अत्याधुनिक उपचार आवश्यकपर्ने बिरामीहरुको लागि स्वास्थ्य सेवा वितरणलाई उल्लेखनीय रुपमा वृद्वि गर्ने लक्ष्य राखेको छ ।

सम्झौताले टीकापुर अस्पतालबाट बिरामीहरुलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा रिफर गर्ने, अत्याधुनिक हेरचाहमा द्रुत र प्रभावकारी पहुँच सुनिश्चित गर्नको लागि एक राम्रो संरचित प्रक्रिया परिभाषित गरेको छ ।दुवै अस्पतालहरुले मेडिकल टोलीहरु बीचको समन्वय सुधार गर्न र बिरामी व्यवस्थापनलाई अनुकूलन गर्न बलियो सञ्चार प्रणालीहरु विकास गर्नेछन । थप रुपमा, दुवै संस्थाका स्वास्थ्य सेवाकर्मीहरुको विशेषज्ञतालाई सुदृढ पार्न सहयोगात्मक प्रशिक्षण कार्यशाला गोष्ठिहरु र कार्यशालाहरुको योजनाहरु सम्झौतामा समावेश छन् ।

कोइकाका देशीय निर्देशक कङले कोइकाको सहयोगमा स्थापना भएका जिल्ला स्तरका अस्पतालहरुलाई नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसँग जोड्ने योजना ग्रामिण क्षेत्रका ठूलो जनसंख्यालाई कम लागतमा गुणस्तर सेवा प्रदान गरी स्वास्थ्य संस्थाहरुको बिचमा सूमधर तालमेल स्थापित गर्न उल्लेखनिय कदम हुने बताए।यस सम्बन्धले नेपालको स्वास्थ्य बिमा कार्यक्रमलाई सुदृढ बनाउन सक्ने कङको विश्वास छ । उनले एमओयू कोइकाका पाँच प्रमुख मान्यताहरु अर्थात जनता, शान्ति, समृद्वि, ग्रह र साझेदारीबाट निर्देशित भएको बताए ।

मध्यपूर थिमि नगरपालिकाका मेयर श्रेष्ठले टीकापूरका गरिब तथा असाहाय बासिन्दालाई न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि साझेदारी महत्वपूर्ण कदम हुने बताए ।टीकापूर अस्पतालका अध्यक्षले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग मिलेर काम गरेर हाम्रा बिरामीका लागि स्वास्थ्य सेवामा रहेको खाडललाई पुरा गर्न यो महत्वपूर्ण कदम भएकोमा खुशी व्यक्त गरे । विशेषगरी आर्थिक रुपमा विपन्न वर्गले यस कार्यक्मबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here