फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबारका  लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ ।कालीमाटीमा आज सानो भारतीय गोलभेँडा ८५, तराईको सानो नेपाली गोलभेँडा ११०, रातो आलु ६७, सेतो आलु ६१, स्थानीय काउली ७५, लाम्चो भन्टा ६५, तने बोडी १५८, मै बोडी ६५, करेला ११०, परबल ८०, हरियो फर्सी ५५, स्कुस २५, रायोको साग ३५, चम्सुर र पालुंगोको साग ११० रुपैयाँ प्रतिकिलो छ ।त्यसैगरी आज बकुल्ला ११०, तरुल ८५, कन्य च्याउ १९०, डल्ले च्याउ २९३, कुरिलो ११५०, ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मल्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here