नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर  १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here