नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिनेगरी योजना आयोगले बनानएको रणनीति नै कमजोर रहेको बताए ।
उनले भने,‘स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने योजना आयोगले रणनीति बनाएको चाँही छ तर उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’
उनले स्तर उन्नतिबाट विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरु भएपनि यूरोपियन मूलुकहरुमा निर्यात हुने, भन्साररहित बजार पहुँच साथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरु बन्द हुने सम्भावना रहेको बताए ।
साथै यसबाट कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना हुने उनको भनाई छ ।
‘नेपालले सन् २०२६ मा एलडिसी भित्रमा अति कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने भएको छ । हामीले स्वदेशमा मागहरु कम भइरहेको अवस्थामा बाहिरको बजार खोज्नुपर्ने अथवा प्रोडक्टहरुलाई अझै बाहिर निर्यात गर्नुपर्ने आवश्यकता झन् बढेको छ । स्तर उन्नतीबाट एकातिर विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदाहरु चाँही छन्’ उनले भने,‘तर अर्कोतर्फ यूरोपियन मूलुकहरुमा निर्यात हुने भन्साररहित बजार पहुँच साँथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरु अन्र्तगतका सहायताहरु बन्द हुने सम्भावना छ । यसबाट विदेशी बजार पनि गुम्दै जाने छ । अति कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here