कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ ।यसैगरी भन्टा डल्लोको मूल्य ५० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ ।रायो सागको मूल्य ३० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ ।त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here