इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ ।यस सिजन खराब प्रदर्शन गरिरहको क्रिष्टलले आइतबार राति टोटनह्याम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो ।क्रिष्टलको जितमा एब्रेची ईजेको उत्कृष्ट प्रदर्शन रह्यो । ईजेको सुन्दर पासले फ्रेन्च खेलाडी जीन–फिलिप मेटेटाले गोल गर्दै टिमलाई ३१ औं मिनेटमा अग्रता दिलाएका थिए । सोही गोल नै क्रिष्टललाई जितका लागि पर्याप्त भयो ।चेल्सीविरुद्ध स्ट्याम्फर्ड ब्रिजमा गोल गरेर आफ्नो टिमलाई एक अङ्क दिलाएका ईजेलाई त्यसपछि खासै चर्चा प्राप्त भएको थिएन। तर, सेलहस्ट पार्कमा टोटनहमविरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली भूमिका निभाए ।पराजित भएको टोटनह्याम १३ अंकसहित तालिकाको आठौं स्थानमा रहँदा जित हात पारेको क्रिष्टल प्यालेस ६ अंकसहित १७ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here