काठमाडौं ।

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् ।लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरिको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here