भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ ।बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट कम रहेको बताए ।उनले  भने, ‘२०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट शुन्यता रह्यो, त्यसकारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरु थिए तर, बजेट अभावले  ती कार्यक्रमहरु अगाडि बढाउन सकेनौं । लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखिकरणका कामहरु  र त्यसैगरी भाषाको पुस्तान्तरणका लागि संचालित हुँदै  आएका कक्षाहरु  जस्ता कामहरु हामीले अगाडि बढाउन सकेनौं ।’साथै उनले प्रदेश सरकार र स्थानिय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखिकरणका कामहरु  गरेको बताए । उनले पहिलादेखि कक्षा संचालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here