काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिती आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गरेका छन् ।शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताएका हुन् ।उनले भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै आन्दोलन छैन, नारा जुलुस छैन, समान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो देखिन्छ । तर देशको परिस्थिती आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन । यो आँधी आउनु अगाडिको सन्नटा जस्तो हो ।’साथै उनले राप्रपा बलियो बनेर सत्तामा उभिनुपर्ने बताए । यतिबेला राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दिर्घकालीन निराशाको खाडलमा जाने बताए ।उनले भने, ‘एमाले, कांग्रेस र माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । तर यस बीचमा देशको अवस्था के छ ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो भन्ने कुरामा साक्षी छौं । अहिले देश एउटा यस्तो विन्दुमा पुगेको छ की अब पनि राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति बलियो बनेर नआउने हो भने र यसले आफ्नो प्रतिपक्ष दायित्व पूरा नगर्ने हो भने जनतालाई एउटा अभिभावकत्व प्रदान नगर्ने हो भने देश दिर्घकालीन निराशाको खाडलमा जान्छ । र त्यसले जुनसुकै किसिमको अराजकता निम्त्याँउनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here