काठमाडौं नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन ।
केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गरेको हो ।
मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ ।
यता, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here