रौतहट । रौतहट दृष्टि साप्ताहिकले शनिवार आफनो १७औँ वार्षिकोत्सवको उत्सव मनाएको छ । पत्रिकाले कार्यक्रममा संचारक्षेत्रमा कार्यरत दुई जनालाई सम्मान गरेको हो । बज्जिका र नेपाली भाषामा कलम चलाएको भनि संजय साह मित्र र नेपाली भाषामा स्वतन्त्र पत्रकारिता गर्दै आएका श्रीमन नारायण मिश्रलाई नगद सहित सम्मान गरिएको हो । सम्मानित दुवै प्रतिभा विगत तिन दशकदेखि पत्रकारितामा सक्रिय छन् । दुवै जनालाई जनही दुई हजार पाँच सय रुपैया नगद पनि प्रदान गरिएको छ । उक्त अवसरमा बोल्दै केन्द्रीय सदस्य गुप्ताले देशको समग्र आर्थिक क्षेत्र प्रभावित भएकोले पत्रकारिता पनि प्रभावित भएको हो । कठिन परिस्थितिमा आम नागरिकलाई सुसूचित गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई नेपाल सरकारले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने प्रमुख अतिथि अजय कुमार गुप्ताको भनाइ छ । रौतहटदृष्टि साप्ताहिकका प्रकाशक सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस चौतरी नेपाल, रौतहटका अध्यक्ष आदर्श उपाध्याय, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठन नेपाल, रौतहट शाखाका दिनेश संगम, रेड टेलिभिजनका अध्यक्ष जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गर्दै रौतहटको पत्रकारितामा रौतहटदृष्टि साप्ताहिकले पु¥याएको योगदानको प्रशंसा गरेका छन् । कार्यक्रमको संचालन संचारकर्मी दिनेश यादव संगमले गर्नु भएको थियो ।








