घोराही,१७ असार,  |

दाङको घोराहीमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी ६० वर्षीय वसन्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।खैरा–कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते हुनुभएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here