रौतहट ४ अषाढ ।
हिन्दु तथा मुसस्लिमहरुको विभिन्न पर्वको नाममा रौतहटका स्थानिय तहले
वितरण गर्दै आएको साडि वितरणमा यहाँका जनप्रतिनिधीहरु संग मिलेर
सदरमुकाम गौरमा रहेको शिवशक्ति ईम्पोरियमले गोरख धन्दा संचालन
गर्दै आएको रहस्य बाहिरीएको छ । महालेखा परिक्षकको कार्यालयले
सार्वजनिक गरेको आ.व.०७९।०८० को लेखापरिक्षणको रिपोर्टले शिवशक्तिले
रौतहट जिल्लाका अधिकांश स्थानिय तहमा गरेको सैदान्तिक भ्रष्टाचारको पोल
खोलेको छ । गौरमा रहेको शिवशक्ति ईम्पोरियमले आफै बोक्सी र
आफै झाक्री बने झै विभिन्न तिन वटा थप आफ्नै व्यापारीक
फर्म बाट कोटेशन पेश गरी दर रेटलाई क्रमिक रुपमा घटि र बढि
बनाई पेश गरी कोटेशनमा साडि लगायत सामान बिक्री गर्ने गरेको रहस्य
बाहिरीएको हो । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार एउटा
व्यापारीक फर्मले एक विक्रेता संग वर्षमा एउटा कोटेशन बढिमा १० लाख
सम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ तर शिवशक्ती ईम्पोरियमका
संचालकले झोलामा रहेको आफ्नै फर्म अमान टे«डर्स, चुकि
ईन्टरप्राईजेज र ओम साई जनरल एण्ड अर्डर सप्लायर्स बाट सार्वजनिक
खरिद ऐन विपरीत एउटै स्थानिय तहमा १० लाख रकम बराबरको दुई देखि तिन
वटा सम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ र त्यस्तै
केहि स्थानिय तहमा सोहि बिक्रेताले नियम विपरीत करिब २० लाख बराबरको
समेत भुक्तानी लिएको पाईएको छ । शिवशक्ती ईम्पोरियमले
आफ्ना झोले फर्महरु मार्फत स्थानिय तहमा सप्लाई गरेको सो सो
परिमाणको साडि संख्यामा समेत ठुलै चहावट रहेको स्रोत बाट बुझिएको छ
। भारत बाट भंसार क्षली गरी ल्याईएको कम मुल्यका सुति साडि लाई यी
फर्मको माध्यम बाट १५ सय देखि २ हजार सम्म बिल बनाई स्थानिय
तहका जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई
मिलाई भुक्तानी लिईएको बुझिएको छ । त्यस्तै भ्याटको हिसाब
मिलान गर्न शिवशक्तिले विभिन्न अलग अलन व्यापारीहरु संग फर्जि बिल
समेत खरिद गर्ने गरेको बुझिन आएको छ । शिवशक्तिले विगतमा पनी यस्तै
फर्जी बिल खरिद गर्ने कार्य गरी नेपाल सरकारको करोडौं रुपैया राजस्व
क्षती पुरयाएको भनी सो फर्म उपर राजस्व अनुसंधान कार्यालय बाट ४
करोड ३६ लाख जरीवाना सहितको मुद्धा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको
छ । यस सम्बन्धमा उधोग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित
जायसवालले जनप्रतिनिधीको लहै लहैमा लागेर गल्ती गर्ने वा राज्यलाई
नोक्सान पुरयाउने फर्म स्वंयम जिम्मेवार हुने र गलत कार्यको पक्षमा
उधोग वाणिज्य संघ कुनै किसिमको साथ नदिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here