cWoIf g]kfn hg;efdf egfO /fVb} ;'v]{t @* c;f]h M g]skf -PsLs[t ;dfhjfbL_ sf] d]rL–dxfsfnL ;dfhjfbL hfu/0f cleofg– @)*) cGtu{t cfOtaf/ s0ff{nL k|b]zsf] /fhwfgL ;'v]{tsf] jL/]G›gu/df cfof]hgf ul/Psf] hg;efdf cfˆgf] egfO /fVb} g]skf -PsLs[t ;dfhjfbLsf cWoIf Pjd k"j{ k|wfgdGqL dfwjs'df/ g]kfn . tl:a/M ;'/]z cfrfo{÷/f;;

काठमाडौँ, १० पुस |

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौँलीपर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको उल्लेख गर्नुभएको छ । सन्देशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here