पर्वत, ९ पुस |

पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिनुभयो ।अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो । उहाँका अनुसार लाटो कोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।लाटो कोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटो कोसेरो उत्सवमा लाटो कोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटो कोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।नेपालमा पाइने २३ प्रजातिका लाटो कोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटो कोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताउनुभयो ।नेपालबाट वर्षेनी लोटो कोसेरो तथा हुचिल जातको पंक्षी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौँ मूल्यको लाटो कोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको छ ।लाटो कोसेरोलाई किसानको साथि पनि भन्ने गरिन्छ । कृषकले मेहिनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटो कोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ । यो पंक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पंक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here