रौतहट ४, पौष ।
रौतहटको वृन्दाबन नगरपालिका अन्तर्गत पर्ने वाग्मती नदीमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्नै क्रम बढ्दै गएको छ । अबैध उत्खननले राजश्व रकम प्रभावित भएको छ । उत्खननकर्ता लाई सम्बन्धितनिकायको संरक्षण रहेको आरोप लागेको छ ।नगरपालिकाको सहमति विनानै इस्काभेटरको प्रयोग गरेर नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् जारी रहेको छ । सम्बन्धित निकायबाट स्विकृतीनै नलिईकन मापदण्ड बिपरीत नदिजन्य पदार्थको उत्खनन् जारी रहेको छ । बागमतीनदि वाट तस्करहरुले मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन गर्ने कार्य जारी राखेको भएपनि सरकारी निकाय मौन बसेको स्थानीयले जानकारी गराएका छन् ।निर्माण ब्यवसायीले मापदण्ड बिपरित जथाभावी नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण तथा क्रसर उधोगमा विक्रि गरिरहेको अवस्थामा बृन्दावन नगरपालिकाले चासो नदेखाएपछि स्थानिय आक्रोशित बनेका छन् । नदिबाट गिट्टि, बालुवा, ग्रेभल तथा ढुंगा उत्खनन् हुंदा बर्षायाममा बाढि गाउ बस्तिमा पस्ने त्रास भएको स्थानीयले बताएका छन् ।बाग्मति नदिको प्रारम्भीक बातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको भन्दा फरक स्थानबाट नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् भएको स्थानीयको भनाई छ ।






