जानकी (बाँके), २८ मङ्सिर |
वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो ।सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताउनुभयो । “यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यसपटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवद्र्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ ।निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरुलाई कसरी पु¥याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ । “बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्र्धन गर्नु सेनाको पनि दायित्व हो ।दाङ, सल्यान र बर्दियाका भू-भागलाई छुने निकुञ्जमा धेरै घाँसे मैदान छन् । उक्त चुरे भ्रमणमा श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापासँगै प्रमुख सेनानी रोजेश खत्री, प्रमुख सेनानी दीपक गुरुङ र अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काको सैन्य टोली संलग्न थियो ।सेनाका अधिकारीहरुले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरुको पनि स्थलगत निरीक्षण गरेका थिए । निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो । टोलीमा संलगन पर्यटन व्यवसायी कृष्ण चौधरीले निकुञ्जभित्रको चुरे पर्वत शृङ्खला एक दिने पदयात्राका लागि प्रख्यात मानिएको बताउनुभयो । “पर्यटकहरुले चुरेमा पदयात्रा गर्दा हिमाल चढेको महसुस गर्छन् ।चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई रु एक हजार शुल्क र विदेशी पर्यटकका लागि रु एक हजार सात लिने गरिएको छ ।








