भक्तपुर, ८ मङ्सिर (रासस) |
सूर्यविनायक नगरपालिकाको घरघरमा खानेपानी पुर्याउने अभियान सुरु भएको छ । नगरपालिका–१ देखि ६ नं वडासम्म मेलम्चीको खानेपानी घरघरमा पु¥याउन नगरपालिकाले सो अभियान सुरु गरेको हो ।घरघरमा मेलम्चीको खानेपानी पु¥याउन नगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य किरण थापा र नगरप्रमुख वासुदेव थापाले संयुक्त रुपमा सूर्यविनायक बृहत् खानेपानी आयोजना शिलान्यास गर्नुभयो ।यसअघि नै सूर्यविनायक–६ पाण्डुबजारमा हाइटमा निर्माण गरिएकोे ६० लाख लिटरको पानी ट्याङ्की स्थलमै सो आयोजना पनि शिलान्यास गरिएको हो ।बागमती प्रदेशसभा सदस्य थापाले वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका सूर्यविनायक नगरपालिका–१, २, ३, ४, ५ र ६ का बासिन्दाको घरघरमा मेलम्चीको पानी पु¥याउने अभियानअन्तर्गत आज आयोजना सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सूर्यविनायक बृहत् खानेपानी ओजनाका लागि बागमती प्रदेश सरकारले रु ९५ लाखको बजेट विनियोजन गरेको छ, यस नगरपालिकाभित्र खानेपानीे अभाव भएका क्षेत्रमा समेत खानेपानी पु¥याउन प्रदेश सरकारमार्फत काम अघि बढेको छ ।”नगरप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र खानेपानी समस्या पूर्ण रुपमा समाधान गर्दै एक वर्षभित्र ती वडामा र तीन वर्षभित्र सबै वडाका घरघरमा खानेपानी पु¥याइने बताउनुभयो । खानेपानीको समस्या समाधान गर्न नगरपालिकाबाट चालु वर्षको बजेटमा मात्रै रु आठ करोड विनियोजन गरेका छौँ, यसका लागि सङ्घीय र प्रदेश सरकारबाट समेत सहयोग रहेककाले प्रत्येक वडाको घरघरमा खानेपानी पुर्याउने छौँ ।”नगरप्रमुख थापाले यस नगरपालिकाभित्र पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकामा खानेपानी वितरण गर्दै आएको मेलम्ची खानेपानी आयोजनासँग आफूहरुले पटक पटक बसेर छलफल गरी यहाँका खानेपानी अभाव रहेको छवटा वडामा मेलम्चीको पानी वितरण गर्ने गरी योजना पार्न सफल भएको बताउनुभयो ।नगरउपप्रमुख सरिता तिम्सिना भट्टराईले मेलम्ची खानेपानी विस्तारका लागि पाइपलाइनको व्यवस्थापनदेखि अन्य स्रोतबाट पनि पानीको मूल पहिचान गर्दै स्थानीयवासीलाई पानीको व्यवस्था गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भन्नुभयो, “यो आयोजना सम्पन्न गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी रु आठ करोड चार लाखमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको छ, आयोजना सम्पन्न भएसँगै एक वर्षभित्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी ट्याङ्कीमार्फत दैनिक २० लाख लिटर पानी वितरण गर्नेछौँ ।”सुवर्णेश्वर, घट्टेखोला, सिकारीटार, दक्षिण बाराही वन, बालकोट, सिरुटार स्वास्थ्य चौकी, बालकोट स्वास्थ्य चौकी, पाण्डुबजारमा रहेका पानी ट्याङ्कीमार्फत ती छ वटै वडामा पानी पु¥याउन दस दशमलव चार किलोमिटर लामो पाइपलाइन विस्तार गरिसकेको बताउँदै उहाँले स्थानीयस्तरमा रहेको खानेपानी उपभोक्ता समितिको रेखदेखमा रहने गरी पानी वितरण गरिने उल्लेख गर्नुभयो । गुण्डुमा मात्रै नगरपालिकाको ६० र स्थानीयवासीको ४० प्रतिशतको लागत साझेदारीमा दस लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणको क्रममा रहेको छ ।कार्यक्रममा प्राविधिक पक्षबारे जानकारी दिँदै परामर्शदाता पारश महतले ग्लोबल वार्मिङका कारण काठमाडौँ उपत्यकाभित्रका धेरै ठाउँमा जमिनमुनिको पानीको स्रोत सुकिसकेकाले पाँच÷सात स्थानमा बोरिङ गर्दा पनि पानी नआएपछि मेलम्चीको पानीको ल्याउन संरचना निर्माण गरिएको बताउनुभयो ।







