रौतहट, १३ कार्तिक ।
धनुषा जिल्लाको जनकपुर निवासी स्वर्गिय आरती साहलाई न्याय दिलाउन रौतहटका युवाहरु सदरमुकाम गौरमा सरकार विरुद्ध प्रर्दशन गरेका छन ।
साहलाई ससुराली पक्षकाहरु मिलेर हत्या गरेको भनि परिवारजनले सुक्ष्म छानबिन गरि दोषीलाई कायर्वाहीको माग गर्दै विगत लामो समयदेखि संघीय राजधानी काठमाडौ स्थित माईतीघरको खुल्ला आकाश मुनि न्यायको खोजीमा धर्ना बसेकोलाई सरकारले कार्यवाही गर्नुको साटो उल्टै पीडितलाई झन् दुख दिएको, हत्या प्रकरणलाई दबाउन खोज्ने धनुषाका एसपी र डिएसपी समेतलाई कायर्वाही नगरिएको भनि कुराहरु उल्लेख गर्दै विरोध रैली पश्चात युवाहरुले ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापन पत्रमा
प्रस्तुत सन्दर्भमा धनुषा जिल्लाकी २२ बर्षिय आरती साहको मिति २०८० साल जेष्ठ ६ गतेमा रहस्यमय हत्या भएको थियो । उक्त हत्याको अनुसन्धानको लागी भनि पिडित परिवारलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाई थप पिडा दिने कार्य गरियो । पिडित परिवार तपसिल बमोजिमको माग राखी मिति २०८० साल अषाढ १ गते देखि २४ घण्टे धर्नामा निरन्तर माइती घरमा बस्दै आइरहेको छ तर आज सम्म १३७ औं दिन पुग्दा पनि पिडित परिवार झन पिडित महसुश गर्दै आईरहेका छन । तसर्थ निज पिडित परिवारको समर्थन गर्दै हामी रौतहटका जिम्मेवार युवाहरु आरती साह मुत्यु प्रकरण र पिडित परिवार माथि प्रहरीद्वारा भएको यातनाको घोर भर्त्सना गर्दै न्यायको लागि अपिल गर्दछौ अन्यथा हामी युवाहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछौ माग गरेका छन् ।
आरती साहको परिवारका मागहरू ः
१. पिडित पक्षलाई नै कार्यकक्षमा बोलाएर निर्घात कुटपिट गरिएको र आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानबिन समिति गठन गरी अनुसन्धान गराई पाउँ ।
२. पीडित पक्षलाई नै कार्यकक्षमा बोलाएर निर्घात कुटपिट गर्ने प्रहरी अधिकृतहरू प्रहरी उपरीक्षक विश्वराज खड्का र नायव प्रहरी उपरीक्षक वेदप्रकाश गौतमका साथै अन्य प्रहरी अधिकारीहरूलाई बर्खास्त गरी कानून बमोजिम हदैसम्मको कारवाही गराई ।
३. आरती साहको पोस्टमार्टम रिपोर्टमा संलग्न चिकित्सकहरूले राजनीतिक तथा आर्थिक प्रलोभनमा परी त्रुटिपूर्ण पोस्टमार्टम रिपोर्ट बनाउने कार्य गरेको हुँदा निजहरू माथि समेत आवश्यक अनुसन्धान गरी कानून बमोजिम कारवाही गराई पाऊँ ।
४. जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायाधिवक्ता अजित कर्णसँग कानूनी सहायता माग्दा सहयोग गर्नुको साटो जाहेरी दर्ता गर्न अस्विकार गरी उल्टै हप्काएर अपमान गरेकोले निजहरू माथि आवश्यक कारवाही गरि पाउँ ।ु
५. आरती साहको हत्या हुँदा उनी दुई महिनाको गर्भवती थिइन् । सो गर्भवती अवस्थाको कुरा पोस्टमार्टमले समेत देखाएको र पुष्टि गर्नका लागि नमूना परीक्षण गर्न पठाएको तर हालसम्म पनि परीक्षण नगरिएकाले र गर्न नसकिने कुरा उल्लेख गरेकोले त्यस सम्बन्धी सम्पूर्ण जाँच गराई पाऊँ ।
६. आरती साहका श्रीमान् मोती बाबु साह, ससुरा मदन मोहन साह, सासु रेनु देवी साह र देवर रवि साहलाई न्यायिक छानबिन समितिको अनुसन्धान पूरा नहुन्जेलसम्म थुनामा राखी मुद्दाको काम कारवाही अघि बढाई पाऊ ।
७. पीडित परिवार र मामा सन्तोष कुमार साहको परिवार समेतलाई सुरक्षाको खतरा भएकाले जनकपुर र काठमाडौमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध उपलब्ध गरी पाऊँ
८. पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति दिलाई पाउ । दाईजोको लागि हत्या गरिएको भनिएको आरती साहको न्यायको लागि परिवारजन काठमाडौँ पुगेका छन् । गत जेठ ७ गते ससुरा पक्षबाट हत्या गरिएको आरोप छ ।
उल्लेख गरेको छ ।
प्रदेश सदस्यका उमेदवार समेत रहेका विक्रम राय यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बझाइएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ज्ञापन पत्र बुझेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here