जुम्ला, २१ असोज |

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here