काठमाडौं,१४,असोज  ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने प्रस्ताव अघि सारेका छन् । त्यसपछिको पालोमा कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्ने उनको शर्त छ ।सत्तारुढ गठबन्धनमा भएको आलोपालोको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने छन् । त्यो बेला कांग्रेस सरकारमा जान नहुने र फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने महामन्त्री थापाको तर्क छ ।कांग्रेस रुपान्तरण अभियानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा (समाजवादी) मोर्चाले सरकार बनाओस्, हाम्रो मन्त्रीहरु फिर्ता बोलाऔं ।’उनले अघि भने, ‘माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ ।’प्रदेशमा पनि यसरी नै सरकार चलाउनेबारे बहस गर्नुपर्ने उनले बताए । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here