काठमाडौँ, १३ असोज |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किनुभएको छ । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका नेताहरूले स्वागत गर्नुभएको थियो । उहाँ यही असोज १० गते दोहा प्रस्थान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here