दाङ,१०,असोज  ।

अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष  वलीविरुद्ध उजुरीका परेको थियो ।डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले अनुसार आरोपी चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए ।पक्राउ परेका वडाध्यक्ष वली गत ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here