काठमाडौं,७,असोज  ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै चोसो व्यक्त भएको छ ।केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको बैठकमा बताए । ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र र जवाफ माग गर्न सभापतिसँग आग्रह गरे । ‘यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,’ भण्डारीले भने ।अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिएपनि सुनुवाइ नभएको भण्डारीले बताए ।महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पनि राख्न माग गरे । उनले चेतावनीको शैलीमा भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यस विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो । यसअघि यही रिटमा सर्वोच्चले नै अन्तरिम आदेश जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here