काठमाडौं, ३० भदौ ।।

काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या गरिएको छ । काठमाडौंको तीनकुने स्थित दिव्य सःमिलमा धारिलो हतियार प्रहार गरी चारजनाको हत्या भएको छ । राति धारिलो हतियार प्रहार गरी एकैपरिवारका तीनसहित चारजनाको शुक्रबार राति हत्या भएको हो ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ । हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here