धनगढी, भदौ २९ गते ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाले आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैंडाको आक्रमबाट बेलडाँडी नगरपालिका–२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो । उनीसँगै गएका दुई जना महिलाले भने रुखमा चढेर ज्यान जोगाएका छन् । उनीहरुलाई रुखमा चढेको अवस्थामा निकुञ्जको गस्ती टोलीले फेला पारेको सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । महिला के कति कारणले निकुञ्ज प्रवेश गरेर कोर एरिया पुगेको भन्ने विषयमा सोधपुछ भइरहेको उहाँले बताउनुभयो । महिलाहरु सम्भवतः च्याउ खोज्नका लागि अनाधिकृत रुपमा निकुञ्ज पसेको हुनसक्ने बताइएको छ । शुक्लाफाँटा निकुञ्जको लालपानी र कालीकिच ताल क्षेत्रमा सबैभन्दा बढी गैंडाको बस्ने गरेका छन् । यो निकुञ्जमा गैंडाको आक्रमणबाट पहिलो पटक मान्छेको ज्यान गएको निकुञ्ज कार्यालयले जनाएको छ । २०२१ को राष्ट्रिय गणनानुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here