????????????????????????????????????

गण्डकी, २५ भदौ |

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् ।
विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो । तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक सबैतर्फ सर्वोत्कृष्ट बन्नुभयो ।उक्त अवसरमा दर्जीसहित विभिन्न विधामा प्रथम हुने शारीरिक तन्दुरुस्तीतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारीलाई पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा पृतनापति बानियाँले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उहाँले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताउनुभयो । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उहाँले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राख्नुभयो । उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here