काठमाडौँ, १४ फागुन ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु भएको छ । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताउनु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गर्नु भयो ।
उहाँले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि दोहो¥याउनु भयो । त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणिकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भन्नु भयो । उहाँले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरुलाई आह्वान गर्नु भयो । राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाई थियो ।
उहाँले भन्नु भयो, ‘घाईते योद्धाहरुको उपचार एमाले गर्छ । सक्दो गर्छ । त्यसका लागि हामी हेल्थ डेस्कै राखेर काम गर्न तयार छौं । त्यसकारण आउनका लागि पनि म आग्रह गर्दछु । यस कार्यक्रमलाई हेरेर पनि तपाईहरु आउन सक्नुहुन्छ । यसको अर्थ हामी सरकारमा कहिल्यै पनि हुँदैनौं भन्ने होइन । मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन । जसको पदनै सर्वोपरी छ । त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो । त्यसकारण त्यही दिएर हुन्छ भने त्यही दिएर । त्यही पनि ठूलो कचौंरामा दुध र भात दिएपछि विरालो छिमेकी कहाँ जानु अनौठो होइन । के–के छन सर्त थाहा छैन । पछि थाहा हँुदै जाला । अहिले किन एमाले खेदिएको छ । म किन खेदिएको छु । उत्तरमा चीन छिमेकी थियो । बाटो थिएन ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाउनु भयो । ओलीले भन्नु भयो, ‘मैले यो लगभग ५८ वर्षको यो राजनीतिक जीवनमा अलिक सूरु देखिनै मैले यस्ता कुराहरु देख्दै आउनु प¥यो । सुन्दै पनि आउनु प¥यो । म सँगसँगै काम गरिरहेका साथीहरुलाई जेलबाट निकालेर जनयुद्धको नाममा पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नु भयो । त्यसक्रममा जनताको तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसहरुको हत्या भयो । अमानवीय ढंगले हत्या भयो । आज यहाँ चर्चा गरिएका अनेक मानिसहरु जसलाई हामीले सम्मानित ग¥यौ । मैना सुनुवारको उद्धाहरण दिन सक्छौं । अथवा यदु गौतमको उदाहरण दिन सक्छौं हामी । गिरफदार गर्नै, हत्या गर्ने, त्यही कुरा लमजुङका एक जना शिक्षकको कुरा होस् । अथवा खोटाङक शिक्षक गुरु लुइटेलको कुरा होस् । महिनौसम्म अपहरण गरेर अत्यन्तै अमानवीय निर्मम ढंगले हत्या गर्ने जस्ता कामहरु भए । जो नेपालका लागि कसैलाई दुख्ला, कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ । नेपाली जनतालाई दुख्छ । नेपाल देशलाई दुख्छ । र, त्यसको घाउ अझै पनि छँदैछ । त्यसका शासक शासनका कार्यकारी ठाउँमा छन । लामो समयदेखि लगातार कमसेकम संविधान निर्माण, पहिलो २०६२÷६३ को आन्दोलनपछि देखिनै सरकारमा छदैछन । यति निरन्तर ढंगले सायद २०६२÷६३ को आन्दोलन भन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्ता पक्ष भईराखेको छैन होला । जता जोसँग मिलेर भएपनि सत्तामा हुने ।
एउटा प्रवृत्ति के देखिन्छ भने विरालो किन्नु पर्दैन । दुध र भारत कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ भन्ने ।ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाईतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने भन्दै आउन पनि आग्रह गर्नु भयो । आफ्नो पार्टीले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने उहाँको भनाई थियो ।








