२३ माघ,जनकपुरधाम

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो । माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ ।

त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ । मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले माओवादीलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय दिने तयारी गरिएको बताउँदै आएका थिए । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here